बर्दियामा रिभल्वर पेस्तोल सहित एक जना पक्राउ

बर्दिया, फागुन २६ । बर्दियामा रिभल्वर पेस्तोलसहित एक जना पक्राउ परेका छन् । बारबर्दिया ९ कतर्निया निवासी ३९ बर्षिय देबीराम रिमाल रिभल्वर सहित पक्राउ परेका हुन् । गोप्य सूचनाको आधारमा घरमा प्रहरीले छापा मार्दा लुकाई छिपाई राखिएको अवस्थामा रिभल्बर पेस्तोल सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रिमालको घरमा चेकजाँच गर्दा भान्सा कोठामा सानो कालो पलाष्टिकमा बेरेर खाल्डो खनि राखिएको अवस्थामा पेस्तोल फेला पारिएको ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरिक्षक चक्रबहादुर डम्बर पालले जानकारी दिनुभयो । पक्राउ परेका अभियुक्त रिमाललाई हात हतियार खरखजाना ऐन अनुसार कारबाही प्रक्रिया अगाढी बढाईने प्रहरी निरिक्षक डम्बर पालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *