विदेशमा श्रीमान्ले कमाएको ३० लाख लिएर अर्कैसंग टाप !

धरान, फागुन २५ । एक छोरा र एक छोरीकी आमा श्रीमान्ले कमाएको साह्रा सम्पत्ति लिएर भाग्दा कस्तो होला ? श्रीमान् विदेश भएको मौका छोपी बालबच्चालाई छाडेर भाग्दा के होला ? नानीहरुको अवस्था कस्तो हुँदो हो ?  १० बर्षपछि स्वदेश फर्कदा सहाराविहिन नानीहरु देख्दा ती अभागी बाबूलाई कस्तो भयो होला ? भोग्नेलाई नै थाहा हुन्छ यस्ता कुराको पिडा ।

सुनसरीको धरान ५ ठिगाबारीका बिष्णु कुमार श्रेष्ठलाई आज यस्तै पिडाले सताईरहेको छ । १० बर्षपछि दुवईबाट स्वदेश फर्कदा आफ्नो सहारा विहिन नानीहरुसँग भेट्दा उनी भक्कानिए ।

विदेशीहरुको गुलामी गरेर कमाएको पैसा उनकी श्रीमतीले लिएर भागिन् । दुवईमा १० बर्ष काम गरेर आर्जेको सम्पत्ति र ५ र १० वर्षकी दुई छोराछोरीलाई छाडेर भाग्दा ती निर्दयीलाई के भन्ने श्रेष्ठले सोच्नै सकिरहेका छैनन् ।

न्यायको खोजीमा उनी भौतारिंदै गत फागुन १३ गते इलाका प्रहरी कार्यालय धरानमा निवेदन लेखाउन पुगे । कार्यालय परिसरमा उनले ‘श्रीमती हराएको’ विषयमा निवदेन दर्ता गराउदै आफ्नो विगतका दिनहरु यसरी सुनाए ।

करिब १२ बर्ष अगाडी मोरंङ गोबिनपुरकी टीका श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएका थिए । विवाह भएको केही समयपछि श्रीमतीलाई खुशीका साथ राख्ने भन्दै कमाउनका लागि भनेर बिष्णु दुवई हानिए । उनी अफ्नो सुनौलो भविष्य बनाउनका लागि भनी एक छोरा एक छोरी र श्रीमतीलाई छाडेर दुवई गएका थिए । दुवईमा टेक्निकल काम गर्दा श्रेष्ठले मासिक करिब डेढ लाख पाउथे ।

१२ बर्ष सम्म दुवईमा रहँदा उनले पटक पटक गरी श्रीमतीलाई करिब ३० लाख रुपैँया पठाएका थिए । श्रीमान्ले पठाएको रकमबाट टीकाले नि धरान १५ मा जग्गा र घर समेत खरिद गरेकी थिइन् । घर घडेरी सबै श्रीमतीको नाममा थिए ।श्रीमती र बालबच्चासँग नियमित फोन सम्पर्क पनि हुन्थ्यो ।

२०७० सालमा श्रेष्ठले केही समयका लागी मात्र स्वदेश फर्केका थिए । भिसा लागेपछि पुनःविदेशीने योजना थियो श्रेष्ठको । १२ बर्ष सम्म दुवई बसिकेपछि उनी गत माघको अन्तीमतिर घर फर्कदा भयभित बने ।

दुवईमा रहँदा श्रीमतीलाई पठाएको ३० लाखको के कुरा, उनले आफनो घर र घडेरी नै बेचिएको थाहा पाए । छोराछोरीको कन्त विजोग देखे । घरमा श्रीमती थिइनन् ।

घर र जग्गा त्यस्तै अन्य सुन चाँदी गरी करिब ५०/६० लाख लिएर भागेको थाहा पाए । ‘मेरी श्रीमतीले ममाथि ठुलो बज्रपात पारी’ उनले भावुक हुँदै भने । ‘कमसेकम छोराछोरीको त माया हुन्छ नि, घर घडेरी र नगद के कुरा, निष्ठूरीले मैले पाठाएको सुन र घरको ६ तोला सुन समेत लिएर भागिछे ।’
हाल श्रेष्ठ धरान १५ मै एक घर भाडामा लिई छोराछोरीका साथ बसेका छन् ।

यसैबीच यहि बिषयमा शुक्रबार पत्रकार महासंघ सुनसरीको सभाहलमा पनि पत्रकार सम्मेलनको आयोजना नै गरेर श्रेष्ठले विगत सुनाए ।

श्रीमतीको खोजी गर्नका लागि श्रेष्ठले ससुरालीकहाँ जाँदा समेत उल्टै बेवास्ता गरेकोले कतै ससुरालीको नै मिलोमतो हुन सक्ने बताएका छन् ।

उनले भने ‘यत्रो दिन भयो मेरो श्रीमती हराएको ससुरालीमा पनि खबर गर्याै, उहाँहरुलाई चासै छैन । यदि उहाँहरुको छोरो चेली हराएको भए चासो दिनुपर्ने हो ।’

श्रीमतीको खोजी गर्न आग्रह गर्दै श्रेष्ठले नेपाल आर्मीका एक ब्यतिm जसको नाम मणीधन राई हो उनले नै आफ्नी श्रीमती लगेको आशंका ब्यक्त गरेका छ् । उनले आफ्ना छोराले प्रहरी तथा आफु समक्ष दिएको बयानका आधारमा श्रीमतीको सो राई केटासँग बारम्बार भिडियो च्याट गर्ने गरेको समेत बताएका छन् ।

उनले आफ्नी श्रीमती राईसँगै बाहिर जानका लागी नयाँ पासपोर्ट समेत १०५८२९०९ नंको बनाएर भागेकाले अध्ययागमनमा सो नम्बरको पासपोर्टको ब्यक्ति आएमा छानबिन गर्न तथा आफूलाई न्याय दिलाइदिन आग्रह समेत गरेका छन् । साथै श्रेष्ठले आफनो मोवाईल नं ९८१३७५३६१० मा सम्पर्क गरिदिनुहुन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *