एनआईसी एशियाको ‘धन वर्षा रि–लन्च’

भरतपुर, फागुन २५ । एनआईसी एशिया बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताबीच लोकप्रिय रहेको ‘धन वर्षा मुद्धति खाता’लाई रि–लन्च गरेको छ ।

एक वर्ष अवधिको उक्त मुद्धति खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा व्याज भुक्तानी गरिनेछ । मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेका १८० शाखा सञ्जालहरुमध्ये जुनसुकै शाखाबाट उक्त मुद्धति खाता खोल्न सकिने र मुद्धति रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जा उपलव्ध गराउन सकिनेछ ।

यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च व्याजदरसहितको ‘समुन्नति प्लस बचत खाता’ ग्राहकहरु माझ अत्यन्तै लोकप्रिय रुपमा सञ्चालनमा रहेको छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक व्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशतका दरले व्याज प्रदान गर्दै आइरहेको छ ।
मुलुकभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु सञ्चालनमा छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *