त्रिकोणीय टी–ट्वेन्टी प्रतियोगिता: भारतद्धारा बंगलादेश ६ विकेटले पराजित

काठमाडौं, फागुन २५ । ओपनर शिखर धवनको अर्धशतकीय पारीको सहयोगमा भारतले श्रीलंकामा भैरहेको त्रिकोणीय टी–ट्वेन्टी प्रतियोगितामा बिहीबार बंगलादेशलाई ६ विकेटले हराएको छ ।

यो प्रतियोगितमा भारतको पहिलो जित हो । बंगलादेशले दिएको १४० रनको विजय लक्ष्य भारतले ४ विकेट गुमाउँदै आठ बल बाँकी रहँदा पूरा गरेको हो ।

४३ बलमा ५५ रन बनाउँदै शिखर धवन भारतका लागि टप स्कोरर बने । उनले आफ्नो पारीमा ५ चौका र २ छक्का पनि प्रहार गरे । भारतीय कप्तान रोेहित शर्मा फेरि एकपल्ट महत्वपूर्ण पारी खेल्नबाट चुकेका छन् । उनले १७ रन मात्रै बनाए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ऋषभ पन्त पनि केवल ७ रनमै पेभेलियन फर्किए । सुरुवातमै दुई विकेट गुमाए पनि भारतका लागि शिखर धवनले सुरेश रैनासँग मिलेर ६८ रनको साझेदारी गरे । रैना २८ रन बनाएर आउट भए ।

यसपछि धवन पनि टिकेनन् तर मनीष पांडेय र दिनेश कार्तिकले भारतलाई लक्ष्यसम्म पुर्याए । मनीष पांडेय २७ तथा दिनेश कार्तिक नटआउट रहँदै दुई रन बनाए । प्रतियोगिताको पहिलो खेलमा भारत श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो ।

चम्किए बलर

बिहीबारको खेलमा भारतीय बलरले बंगलादेशी ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर केवल १३९ रन मात्रै बनाएको थियो । बंगलादेशका लागि लितन दासले ३४ तथा सब्बीर रहमानले ३० रन बनाए पनि अरु ब्याट्सम्यानले खासै रन बनाउन सकेनन् ।

भारतका लागि जयदेव उनदकट सफल बलरका रुपमा रहे । उनले ३८ रन दिएर तीन विकेट लिए र त्यस्तै विजय शंकरले ३२ रन दिएर दुई विकेट हात पारे । आफ्नो करिअरको दोस्रो खेल खेलेका विजय शंकर म्यान आफ् द म्याच घोषित भए । उनले मुशफकिर रहीमर कप्तान महमुदुल्लाहको विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *