सभामुखमा कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने तयारी

काठमाडौं, फागुन २५ । माओवादी केन्द्रले प्रतिनिधिसभा सभामुखमा वरिष्ठ नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ ।

एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागवण्डा भएअनुसार माओवादीले महरालाई अगाडि सार्न लागेको हो । यद्यपि यसको औपचारिक निर्णय भने उसले गरिसकेको छैन ।

शुक्रबार बिहान शीर्ष नेताहरुको बैठक बसी महराको नाम अनुमोदन गर्ने तयारीमा अध्यक्ष पुष्पकमल दाहाल देखिनुभएको छ । । अनौपचारिक छलफलक्रममा दाहालले महरालाई सभामुखको जिम्मेवारी दिने योजना सुनाएको खुमलटार स्रोतले बतायो । –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *