यसरी थाहा पाउन सकिन्छ क्यान्सर लागेको, यस्ता छन् लक्षणहरू

काठमाडौं, फागुन २५ । डा.राजेन्द्र बराल, क्यान्सर रोग विशेषज्ञ
विश्वमा नै क्यान्सर प्रकोपको रूपमा फैलँदो छ । शरीरका कोषिकाहरू अनियन्त्रित रूपमा बढ्दै जानु क्यान्सर हो । यसलाई नसर्नेमध्ये खतरनाक रोगका रूपमा लिइन्छ । क्यान्सर मानिसको जुनसुकै अंगमा लाग्न सक्छ । समयमै यसको निदान गरी उपचार नगरेमा एउटा अंगमा लागेको क्यान्सर फैलिएर अर्को अंगसम्म पुग्न सक्छ । र, बिस्तारै पूरै शरीरलाई आक्रान्त बनाउँछ । यस्तो लक्षण देखिएमा क्यान्सर हुन सक्छ :

खोकीका कारण पनि क्यान्सर हुन सक्छ । लामो समयसम्म खोकी लागिरहने र सजिलै निको नहुने भएमा क्यान्सरको सम्भावना बढेर जान्छ । त्यस्तै, स्वर धोद्रो भएमा क्यान्सर हुन सक्छ । लामो समय औषधिको सेवन गर्दा पनि निको नहुने र स्वर झन् घोद्रो हुँदै गएमा क्यान्सर हुन सक्छ ।

शरीरमा आउने कोठीका रङ र आकार परिवर्तन भइरहने समस्या देखिएमा छालाको क्यान्सर हुन सक्छ । यस्तो कोठी बिग्रँदै गएमा पनि सजग हुन अवश्यक छ । त्यसैले कोठी तथा गिर्खाका समस्या आउनासाथ चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ ।

महिलामा लगातार स्तन दुख्ने समस्या भएमा, शरीरमा दुख्ने/नदुख्ने गिर्खा देखिएमा पनि क्यान्सरको सम्भावना बढेर जान्छ । काखीमुनि हुने गिर्खा वा स्तनमा आउने गिर्खा पनि क्यान्सरको पहिलो स्टेज हुन सक्छ । नयाँ पत्रिकामा छ ।

उपचार गर्दा निको नहुने पुरानो घाउ भएमा त्यसबाट क्यान्सर फैलन सक्छ । असाधारण रूपमा शरीरका कुनै पनि भागबाट रक्तश्राव भएमा वा पिप बगेमा पनि क्यान्सर हुन सक्छ ।

दिसा वा पिसाबको रङमा बदलाव आएमा पनि क्यान्सरको सम्भावना हुन्छ । कहिले पातलो, कहिले कस्सिएको दिसा हुनेजस्ता समस्या देखिएमा पनि क्यान्सर हुन सक्छ । पानीको कम प्रयोग गर्दा पनि छोटो–छोटो समयमा पिसाब लाग्ने भएमा पनि सचेत हुन आवश्यक छ ।

अपच हुने, खाना निल्न गाह्रो हुनेजस्ता समस्या देखिएमा पनि तत्काल चिकित्सककहाँ जानुपर्ने हुन्छ । यस्तो समस्याले क्यान्सर लाग्नेसमेत खतरा हुन्छ ।

विनाकारण शरीरको तौल घट्दा पनि क्यान्सर हुन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *