नेपाल आइडल बुद्ध लामाले पाएनन् घोषित पुरस्कार

पहिलो नेपाल आइडल विजेता बुद्ध लामाले  घोषित  पुरस्कार नपाएको गुनासाे गरेका छन् ।

नेपाल आइडलमा बुद्ध लामाले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी गाडी, १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाएका थिए । लामाले २० लाख नगद पाएको तर कार भने अझै नपाएको कुरा एउटा अडियो सन्देशमार्फत सामाजिक सञ्जालमा खुलासा गरेका छन् ।

अडियोमा उनले भनेका छन्, ‘आठ महिना भैसक्यो धाउँदा धाउँदै कति दुख पाइसकें अझै कति धाउनु ? गाडी लैजाने हो भने ट्याक्स बापतको आठलाख रुपैयाँ लिएर आउनु गाडी लैजानु भन्छन् र घरमा एक रुपैयाँ छैन मैले कहाँबाट ल्याउनु त्यत्रो पैसा ? ल मेरो यो समस्या कसरी बाहिर ल्याउन सकिन्छ गरिदिनु पर्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *