लायन्स चोकमा रक्तदान

नारायणगढ, फगुन २४ । सिद्धी विनायक बचत तथा ऋण सहकारी र फलफूल तथा तरकारी थोक व्यावसायी संघ चितवनले संयुक्त रूपमा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ९ जना महिलासहित ६७ जनाले रक्तदान गरेका छन् ।

जिल्लाका अस्पतालहरूमा रक्त अभाव हुन नदिनको लागि दुई संस्थाले विगत २०६५ सालदेखि नै संयुक्तरूपमा रक्तदान कार्यक्रम गर्दै आएको सहकारी संस्थाका अध्यक्ष पुरूषोत्तम गौतमले जानकारी दिए । दुवै संस्थाको वार्षिक कार्यक्रमअन्तर्गत संयुक्तरूपमा कार्यक्रम आयोजना गरिएको उनले बताए ।

साथै संस्थाले निःशुल्क स्वास्थ्य परीक्षणसमेत सञ्चालन गरेको थियो । गर्मीको समय सुरू भएकोले मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरिएको फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष थीरप्रसाद धितालले जानकारी दिए ।

उक्त कार्यक्रममा २५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरेको उनले बताए । दुवै संस्थाले विभिन्न समयमा सामाजिक कामलाई पनि निरन्तरता दिँदै आइरहेको फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका महासचिव मुकुन्द गौतमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *