इटहरीमा जन्मियो आठ ओटा खुट्टा भएको बाच्छी

“इटहरी, फागुन २३ । इटहरीमा एउटा गाईले आठ ओटा खुट्टा भएको बाच्छी जन्माएको छ । इटहरी–१६ स्थित हरिप्रसाद पाण्डेको घरमा पालेको गाईले दुई वटा जीउ, आठ ओटा खुट्टा तर मुख एउटा मात्र भएको बाच्छी जन्माएको हो । जन्मिएको केही क्षण सम्म मात्र बाच्छी बाचेको थियो ।

यस अघि सामान्य अवस्थामै रहेको सो गाईले तेस्रो बेतमा यस्तो बाछी जन्माएको हो । गाई अहिले सामान्य अवस्थामा आइ सकेको छ । आठ वटा खुट्टा भएको बाछी जन्मिए पछि हेर्नेहरुको बाक्लो भीड लागेको थियो ।
मृत बाच्छीलाई केन्द्रीय प्रविधी क्याम्पस हात्तिसारको म्यूजियममा लगिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *