ब्रेन क्यान्सर लागेका इरफान खान भन्छन् ‘अझै लडिरहन्छु’

काठमाडौं, फागुन २३ । बलिउड अभिनेता इरफान खानलाई मस्तिष्कको क्यान्सर भएको पत्ता लागेको छ ।

उनलाई अहिले मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ । इरफानलाई ग्लियोब्लास्टोमा मल्टीफोर्मे ग्रेड ४ छ । यो ज्यानमारा क्यान्सर हो । नीडल बायोप्सी गरेपछि चिकित्सकहरूले इरफानको शरीरमा रहेको ट्युमरको सही स्थिति पत्ता लगाउनेछन् । त्यसपछि उनलाई कीमोथेरापी गराइनेछ ।

इरफानले एक ट्वीट गरेर लेखे, ‘कहिलेकाहीँ तपाईं एक झट्कामा जाग्नुहुन्छ । पछिल्लो १५ दिन मेरो जीवनको रहस्यमय कथाका रूपमा रहेको छ । म दुर्लभ रोगबाट पीडित छु । मैले जिन्दगीमा कहिल्यै सम्झौता गरिनँ । म सधैं आफ्नो रुचिका लागि लडिरहेको छु र पछि पनि लड्नेछु ।’

सन् १९६७ का जनवरी ७ मा जयपुरमा जन्मेका इरफानले नेसनल स्कूल अफ ड्रामामा अध्ययन गरेका हुन् । सन् १९८८ मा आएको मीरा नायरको फिल्म सलाम बम्बेबाट उनले फिल्मी करीयर शुरू गरेका हुन् ।

इरफानका विशिष्ट फिल्महरूमा हासिल, मकबूल, लाइफ इन मेट्रो, न्युयोर्क, द नेमसेक, लाइफ अफ पाई, पान सिंह तोमर, लन्चबक्स लगाउत पर्छन् । उनलाई सन् २०११ मा पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो । सन् २०१२ मा उनलाई पान सिंह तोमरका लागि राष्ट्रिय पुरस्कार दिइएको थियो ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *