चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा सार्वजनिक हुने

काठमाडौं, फागुन २३ । चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा आज सार्वजनिक हुने भएको छ । सरकारी राजस्व संकलन र पुँजीगत खर्च कम हुनुका समस्याहरु औल्याउदै आर्थिक वर्षको ६ महिने समिक्षा आज सार्वजनिक हुन लागेको हो ।

राजस्व कम संकलन, चालु खर्च बढी र पुँजीगत खर्च कारण औल्याइएको समीक्षामा पुससम्मको तथ्याङक उल्लेख गरिएको छ । सरकार परिवर्तनका कारण यो वर्ष अध्यावधि समीक्ष ढिलोगरी सार्वजनिक हुन लागेको हो । माघ अन्तिम अथवा फागुन पहिलो साता प्रायः अध्यावधि समीक्षा सार्वजनिक गर्ने विगतको चलन थियो ।

तर, सरकार परिवर्तन र समीक्षा माथि नयाँ अर्थमन्त्रीको अध्ययन तथा गृहकार्यका कारण यो वर्ष केहि ढिलाइ भएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयमा हाल अध्यावधि समीक्षा र नयाँ अर्थमन्त्रीले ल्याउन लागेको नयाँ कार्यक्रमसहितको श्वेतपत्र बनाउने काम सँगसँगै भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *