‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह’

काठमाडौं, फागुन २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह भएको बताएका छन् ।
आज संसद बैठकलाई सम्बोधन गर्दै लिङ्देनले आफूले सपथ पत्रमा भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह हुने लेखेको भन्दै भ्रष्टाचार नगर्ने बाचा गर्न अन्य सांसदहरुलाई पनि आहृवान गरे ।

झापा ३ बाट निर्वाचित सांसद लिङ्देनले सम्बोधनका क्रममा सांसदको सपथ दिँदा नै भ्रष्टाचार नगर्ने प्रतिवद्धता ठूलो स्वरमा गर्न चाहेको तर, नमिलेको बताए ।

यसअघि प्रतिनिधिसभाको हरेक दलका प्रतिनिधिले नयाँ सरकारलाई शुभकामना दिएर संसदको कार्यसूची अगाडी बढाउनै लाग्दा लिङ्देनले संसदमा आफ्नो पार्टी पनि छ भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुखले आफ्नो नाम नै नलिएपछि उनी आफ्नो स्थानबाट उठे र ध्यानाकर्षण गराए । जेष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिकामा रहेका महन्थ ठाकुरले तपाईको नाम नै आएको छैन भन्दै उनलाई बसाउने प्रयास गरेका थिए । तर, सभा सञ्चालनमा सहयोग गरिरहेका संसद सचिवालयका कर्मचारीले हुन्छ भनिदिनुस् भनेपछि ठाकुरले ‘हुन्छ आउनुस्’ भने र लिङ्देन सम्बोधन गर्न रोष्ट्रममा गएका थिए ।

 

 कति सम्झौता गरौं ? कति धोका खाऔं ?’

सम्बोधनकै क्रममा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सबैको पहिचान र भावनाको सम्बोधन हुनुपर्ने बताए । उनले भने, ‘नेपालीका साथै मधेसी पनि हौं । धोती हाम्रो संस्कृति हो, यसमा गर्व छ ।’

हिन्दीमा सम्बोधन गरेका महतोले अरु नेपालीलाई जत्ति मातृभूमिको माया छ, मधेसीहरुलाई पनि त्यति नै माया रहेको उनले बताए ।

‘यो देश कुनै भाषा, जाति वा धर्मको होइन, सबैको देश हो’ महतोले भने, ‘प्रचण्डजीले ठीक भन्नुभयो, यो विवाद बढाउने समय होइन । सिंहदरबारले अरु जनता के चाहन्छन्, त्यो बुझे समस्या हुँदैन ।’

आन्दोलन तथा द्वन्द्व आफैं समाप्त नहुने भन्दै उनले भने, ‘कार्पेट मुनी धुलो छोपेर सफा हुँदैन ।’

आफूहरुले समेत सहयोग गर्ने र दुई तिहाई बढी पुग्ने भन्दै उनले संविधान संशोधन अघि बढाउन आग्रह गरे । महतोले भने, ‘प्रधानमन्त्रीजी दिल खोलेर अघि बढ्नुस् । संविधान बाइवल, गीता होइन । संविधानमा जे संशोधन आवश्यक छ, त्यो गरौं ।’

प्रधानमन्त्री ओलीले फोरमका साथै आफ्नो पार्टीका नेताहरुसँग संविधान संशोधन गर्ने सम्झौता गर्ने प्रस्ताव राखेको भन्दै महतोले भने, ‘सम्झौता त हामीले दजनौं गर्‍यौ प्रधानमन्त्रीजी । अब कति सम्झौता गरौं ? कति धोका खाऔं ?’

उनले सम्झौता नभई संविधान संशोधनको प्रतिवद्धता पूरा गर्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *