फेसबुकमा विवाद भएपछि साथीबाटै हत्या

काठमाडौं, फागुन २२ । फेसबुक ग्रुपको विषयमा १० कक्षाका विद्यार्थीहरुबीच विवाद हुँदा काठमाडौंमा एक विद्यार्थीको हत्या भएको छ । काठमाडौंको गंगबुस्थित गणेश हिमाल बोडिङ स्कुलमा कक्षा १० मा अध्ययरत विद्यार्थी कुमार सूचीकार वर्देवाको साथीहरुबाटै हत्या भएको हो ।

प्रहरी स्रोतका अनुसार विद्यार्थीले बनाएको फेसबुक ग्रुपको विषयलाई लिएर विवाद बढ्दै जाँदा उनकै साथीहरुले वर्देवाले कुटपिट गरेर हत्या गरेका हुन् ।

उनको हत्या आरोपमा ८ जना विद्यार्थी पक्राउ परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

माघ २७ गते उनलाई तारकेश्वर नगरपालिका–४, फूलबारीमा बेहोस अवस्थामा फेला पारिएकोमा वीर अस्पतालमा लगिए उपचारका क्रममा दुई दिनपछि मृत्यु भएको थियो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *