दक्षिण कोरियासँग ‘नयाँ इतिहास’ लेख्ने उत्तर कोरियाली शासक किम जोङको इच्छा

काठमाडौं, फागुन २२ । उत्तर कोरियाली शासक किम जोङ उनले दक्षिण कोरियासँग राष्ट्रिय पुनःएकीकरणको नयाँ इतिहास लेख्ने चाहना व्यक्त गरेका छन्  दक्षिण कोरियाका प्रतिनिधिसँग प्योङयाङमा कुराकानी गर्दै किमले दक्षिण कोरियासँग नजिकको सम्बन्ध स्थापना गर्ने सन्दर्भमा यस्तो धारणा अगाडि बढाइने बताएको उत्तर कोरियाको समाचार संस्था केसीएनएले जनाएको छ ।

उत्तर कोरियाली नेताले दुई मुलुकका नेताबीचको सम्बन्ध सुधारका लागि तीब्र गतिमा व्यावहारिक कदम चाल्न सुझाव दिएका थिए । उत्तर कोरियाली शासकले दक्षिण कोरियाली प्रतिनिधि मण्डलसँग डिनर मिटिङ गर्दै सुझाव दिएका हुन् । १० सदस्यीय टोलीमा दुई जना मन्त्रीसहित गुप्तचर प्रमुख, राष्ट्रिय सुरक्षा सल्लाहाकारलगायत छन् ।

किमले दक्षिण कोरियाली टोलीलाई हार्दिकता पूर्वक स्वागत गर्दै खुला हृदयले कुराकानी गरेको केसीएनएले जनाएको छ । दक्षिण कोरियाली प्रतिनिधिले राष्ट्रपति मुन जे इनको वार्ता, सम्बन्ध सुधार र कोरियाली प्रायःद्वीपमा निशस्त्रीकरणको सन्देश किमलाई हस्तान्तरण गरेको जनाइएको छ ।

सन् २०११ मा शासन सम्हालेपछि सोलका तर्फबाट किमसँगको यो पहिलो भेट हो । गत महिनाको दक्षिण कोरियामा आयोजित विन्टर ओलम्पिक्स् पछि दुई कोरियाको सम्बन्ध सुमधुर बन्दै गएको छ । (एजेन्सी)”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *