मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

दुर्घटनामा फरार चालक पक्राउ

भक्तपुर, फागनु २० । ज्यान जाने गरी भएको दुर्घटनापछि फरार सवारी चालकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको छ लेन सडकस्थित सल्लाघारी नजिक सुवर्णचोकमा गए राति भएको दुर्घटनामा फरार मोटरसाइकल चालक काभ्रेपलाञ्चोक नमोबुद्ध बस्ने २६ वर्षीय कुलबहादुर खनाललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

दुर्घटनामा बा९२प ४६४ नं को मोटरसाइकल चालक भक्तपुर नगरपालिका–५ सुकुलढोका घर भई हाल सुर्यविनायक दार्जिलिङ हाइट बस्ने २४ वर्षीय प्रमोद श्रेष्ठको मृत्यु भएको थियो भने सोही मोटरसाइकललाई ठक्कर दिने बा६१प ४१५ नंको मोटरसाइकल चालक खनाल भने फरार थिए ।

प्रतिकृयाहरु
Loading...