रणवीर र दीपिका २०१८ भित्रै विवाह बन्धनमा बाँधिने

रणवीर सिंह र दीपिका पादुकोणको छिट्टै बिहे हुने हल्ला चलेको छ । सन् २०१८ भित्रै उनीहरू विवाह बन्धनमा बाँधिने चर्चा छ ।

सूत्रहरूका अनुसार, यी दुवैले डेस्टिनेसन वेडिङ गर्ने सोच राखेका छन् । दुवैलाई समुद्र किनार एकदमै मन पर्ने भएकाले त्यहीँ बिहे गर्ने सम्भावना छ । अन्य सेलेब्रिटीजस्तै उनको बिहेमा परिवारका मानिस र नजिकका साथीहरू मात्र संलग्न हुनेछन् । उनीहरूलाई तामझाम गरेर बिहे गर्न मन छैन ।

बिहेपछि उनीहरूले साथीभाइ, बलिउड हस्ती र अन्य परिचितहरूका लागि भव्य प्रीतिभोज दिन सक्छन् ।

दीपिका र रणवीर प्रायः सँगै देखिन्छन् । पार्टी वा समारोहमा उनीहरू देखिन्छन् । उनीहरूको निकटता कसैबाट लुकेको छैन तर उनीहरूले रिलेसनका बारेमा खुलेर कुरा गर्ने गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *