टिपर दुर्घटनामा एकको मृत्यु

चितवन, फागुन १८ । राप्ती नगरपालिका– १ परेवाकोटमा आज टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

ना७ख २९८४ नं. को टिपर भीरबाट खस्दा मकवानपुर मनहरीका २१ वर्षीय सुनिल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेको भरतपुरस्थित अलाइभ अस्पतालमा उपचार भइरहेको छ । ग्राभेल झारेर फर्कने क्रममा टिपर सडकबाट करिब ७० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *