स्टिल र एल्मुनियम आयातमा व्यापक कर वृद्धि गर्ने ट्रम्पको घोषणा

काठमाडौं, फागुन १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र एल्मुनियम आयातमा व्यापक कर वृद्धि गर्ने घोषणा गर्नुभएको छ । उद्योगी व्यवसायीसँग  ह्वाइस हाउसमा भएको भेटमा राष्ट्रपति ट्रम्पले विदेशी आयातले अमेरिकी उद्योगहरु घाटामा गएको बताउनुभयो ।

आगामी साताबाटै कार्यन्वयन हुने गरि करमा वृद्धि गरिने उहाँको भनाई छ ।  ट्रम्प प्रशासनले स्टिलजन्य उत्पादनमा २५ प्रतिशत र एल्युमिनियममा १० प्रतिशत कर लगाउने तयारी गरेको ह्वाइस हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनले गरेको यो घोषणा चीनप्रति लक्षित भएको विश्लेषण गरिएको छ । अमेरिकी कदमको प्रतिकृया स्वरुप चीनले समेत अमेरिकी उत्पादनहरुमाथि कर बढाउने घोषणा गर्नसक्ने आंकलन गरेका छन् ।

यसका साथै सो घोषणाले क्यानडाजस्ता अमेरिकाका निकट सहयोगीहरुसँगको संबन्ध पनि बिग्रन सक्ने उनीहरुले टिप्पणी गरेका छन् । गत महिना वाणिज्य मन्त्री विल्बुर रसले बुझाएको एक प्रतिवेदनमा स्टिलको आयातका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको जनाएको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *