बदनाम हुँदै धराने मेला र महोत्सव

धरान, फागुन १७ । समय परिस्थिति अनुसार दर्शक र पर्यटकको चाहना बमोजिम व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन नसक्दा सुनसरीका व्यापारिक संघसंस्थाहरु बदनाम हुन थालेका छन् । ति संघसंस्था मध्येको एक हो उद्योग वाणिज्य संघ ।

सन्दर्भ हो, धरान १२ स्थित पब्लिक उच्च माविको खेल मैदानका जारी प्रादेशिक महोत्सवको । जो यही फागुन ११ शुरु भई २१ गतेसम्म महोत्सव सञ्चालन हुँदैछ ।

आयोजक सुनसरी उद्योग वाणिज्य संघले ताम झामका साथ मेला शुरु गर्यो । उसले मेला प्रचारका लासिग तीन पटक त पत्रकार सम्मेलन नै गर्यो । तर, पत्रकार सामु महोत्सव पवद्र्धनका लागि गरिएका वाचाहरु केवल प्रेस विज्ञप्ति र कुरामै सिमित रहे । जसको पुष्टी मेला हेर्न आउने दर्शक र व्यापार गर्न आएका व्यापारीहरुको गुनासोले गरिरहेको छ ।

पोखराबाट धरान महोत्सवका लागी लालकाजी रेष्टुरेन्ट लिएर आएका होटल व्यवसायी सौरभ गुरुङ आयोजकले आफुहरुप्रति सम्मान नदेखाएको गुनासो गर्छन् । गुरुङ भन्छन् ‘धरान महोत्सवको खुबै चर्चा चलेको सुनेर हामी धरान आयौं तर, जव धरान आयौं अनि मात्र थाहा भयो आयोजकका सबै कुरा ।’

उनले थपे ‘हामीसँग महोत्सवमा आउनलाई आयोजक उद्योग बणिज्य संघले सम्झौता गर्दा महोत्सव बिहान ११ बजेदेखी राती १० बजे सम्म चल्ने भनेको थियो तर यहाँ सबैकुरा फरक छ । महोत्सव केवल बेलुका ५ बजेदेखी मात्र मान्छेहरुलाई पवेश गराईएको छ र ११ बजे राती बन्द गराईएको छ ५/६ घण्टाको दौरान हामीले कती कमाउने ?’ गुरुङले ट्वाईलेट बाथरुमको व्यवस्था आयोजकले गर्न सकेको छैन भन्दै एउटा भएको टवाईलेट पनि गन्हाएर बसि नसक्नु भएको गुनासो गरे ।

‘आयोजक उद्योग बाणिज्य संघको फितलो व्यवस्थापन छ, आयोजकले ढाटेको ढाटै छन् । त्यसमा पनि आयोजक संस्थाका ब्यक्ति पिच्छै हामीलाई गर्ने व्यवहारमा परिबर्तन छ ।’ गुरुङले सम्बीन्धत ब्यक्तिलाई फोन गर्दा पनि फोन नउठाउने गरेको बताए । उनले ३ स्टलको ८० हजार तिरी सकेको र व्यापार नएर डुब्ने अवस्थामा पुगेको गुनासो गरे ।

यस्तै, महोत्सवमा काठमाडौं सुन्धाराबाट कपडाको ब्यापार लिएर धरान आएका कान्ता श्रेष्ठ र दिपु खत्रीलाई पनि आयोजकको फितलो ब्यवस्थापन मन परेको छैन । श्रेष्ठका अनुसार धरानको महोत्सवमा ब्यापार राम्रो छैन भने होटलमा समेत शुद्ध पानी छैन । बिहान बेलुका मिनरल बाटर किनेर मुख धुनु परेको छ ।

दिपु खत्रीले आयोजकले ब्यापारिक प्रयोजनका सामग्रीहरुलाई मान्छे नआउने स्थानमा राखिदिएको गुनासो गरे । उनले भने ‘हामी त्यति टाढाबाट आएका छौं, धरानमा कुनै ब्यापार छैन । मुस्किलले दिनमा १५ सयको ब्यापार हुन्छ, स्टल भाडा ४० हजार छ कसरी तिर्नु ?’

अबको दिनमा हामी धरान आउन त के धरानको नाम समेत सुन्न नचाहने गम्भीर गुनासो खत्रीले गरे । उनले थपे ‘स्टल बरीपरि फोहरको थुप्रो छ आयोजक संस्थाले सरसफाईमा कहिल्यै ध्यान दिदैनन् ।’

त्यस्तै धरानका प्रादेशिक महोत्सवको स्टल नम्बर ३२ मा बुटबलबाट ब्यापारका लागि आएका सम्झना खेलौना पसल सञ्चालकको गुनासो भने फरक छ । महोत्सवका चौथो दिनमा आएर सो पसलका सञ्चालक पुरण ठकुरी धनकुटामा हुन गईरेहको महोत्सवमा आफ्नो स्टल सुरक्षित गराउनका लागी धनकुटा गएको र बेलुका करिब साढे ५ बजे सम्ममा आईपुग्दा आफुले राखेको सामान हराएको गुनासो गरे ।

उनले आफु धनकुटा जानुपुर्व पसल सुरक्षित साथ मिलाएर गएको र त्यहा बाट फर्किदा दिउसै चोरी भएको बताए । उनले भने ‘महोत्सवमा आयोजक सुनसरी उद्योग बाणिज्य संघले सिसि क्यामेरा लगायतका कडा सुरक्षा ब्यवस्था गरिएको छ भनेको छ तर खोई हाम्रो स्टल अगाडी सिसि क्यामरा कहा“ छ ? त्यती मात्र नभएर डिउटिमा खटिएका सुरक्षा गार्डलाई जानकारी गराउदा आफनो डिउटी सो समयमा नभएको र चोरी भएको कुरा महोत्सवका आयोजकलाई जानकारी गराउने जवाफ दिए ।’

 

यता, आयोजक संस्था सुनसरी उद्योग बणिज्य संघका प्रथम उपाध्यक्ष विजय श्रेष्ठले आयोजकको तर्फबाट कमी कमजोरी भएको स्वीकार गरेपनि मेला महोत्सव भनेजस्तो नहुने भन्दै पन्छिए । महोत्सव प्रचार प्रसार संयोजक तथा सुनसरी उद्योग बाणिज्य संघका सदस्य उपेन्द्र चाम्लिङले महोत्सव आयोजनामा अत्यन्तै कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा गल्ती कमी कमजोरी सुधार गरेर लाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *