वीरगञ्जमा गोली चल्यो, व्यापारी घाइते

वीरगञ्ज, फागुन १७ । वीरगञ्जमा एक ब्यक्तिले चलाएको गोली लागेर स्थानीय व्यापारी घाइते भएका छन् । गोली लागी वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय धागो व्यापारी उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका हुन् ।

दाहिने कोखामा गोली लगेका चौरसियाको अवस्था गम्भिर भएपछि थप उपचारका लागि काठमाडौंको वीर अस्पतालमा रिफर गरिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

चौरसियामाथि गोली प्रहार गर्नेकोे खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नलाई पक्राउ गर्न वीरगन्जसँग सिमाना जोडिएका क्षेत्रमा चेकजाँचलाई तीव्र पारिनाका साथै नगर क्षेत्रमा भित्रिने र बाहिरिने बाटोमा सेमत चेकजाँच भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *