जनसंख्या तथा वातावरण मन्त्री पण्डितले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने

काठमाडौं, फागुन १७ । जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै प्रशंसा बटुलेका लालबाबु पण्डितले अब स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ । सरकारले मन्त्रालयको संख्या घटाएर १८ मा कायम गरेसँगै मन्त्री पण्डितले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने संभावना रहेको स्रोतले जनाएको हो ।

जनसंख्या तथा वातावरण मन्त्रालय अरु मन्त्रालयमा गाभिएपछि मन्त्री पण्डितलाई आफ्नो मन्त्रालय कुन हो भन्न गा¥हो भएको छ ।  तैपनि उहाँले आफू जनसंख्या तथा वातावरण मन्त्रालयमै बसेर काम गरिरहेको जानकारी दिनुभयो । अब उहाँलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने चर्चा भैरहेको भए पनि मन्त्री पण्डितले भने आफूले अब कुन मन्त्रालय पाउने भन्नेबारे टुंगो लागि नसकेको बताउनुभयो ।

वातावरण मन्त्रालयलाई वनसँग गाभिएर वन तथा वातावरण मन्त्रालय बनाइएको छ । जुन माओवादी केन्द्रको भागमा परेको छ । जनसंख्या मन्त्रालयलाई स् वास् थ्य मन्त्रालयसँग गाभेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको छ । यो एमालेको भागमा परेको छ । पद बहाली हुँदा जिम्मेवारी पाएको मन्त्रालय दुईतिर भएर अलमल भए पनि मन्त्री पण्डितले चर्चा बटुल्नेगरी काम गरिरहनुभएको छ ।

विगतमा सामान्य प्रशासन मन्त्री हुँदा पनि निकै चर्चा कमाएका पण्डितले अहिले पनि त्यही ढाँचामा कामलाई निरन्तरता दिनु भएको छ । वातावरणीय प्रभाव मूल्याङकन नगरी सञ्चालित तारे होटल र रिसोर्टमाथि कारबाही थालेपछि मन्त्री पण्डितको सबैले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *