मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

वाम गठबन्धन र फोरमसँग अाज बिहान ९ बजे पुनः बैठक बस्ने

काठमाडौं, फागुन १७ । सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच बुधबार सहमति हुन सकेन ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र फोरमका अध्यक्ष उपेन्द्र यादवसहित बुधबार साँझ बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्ष पुग्न नसकेको हो ।

बैठकपछि नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले फोरमसँग संविधान संशोधन गरेर सरकारमा सहभागिताबारे सहमति जुटाउनका लागि बसेको बैठक सकारात्मक रहेको र थप छलफल गर्नुपर्ने भएकाले अाज बिहान ९ बजे बालुवाटारमा बैठक बसी निष्कर्षमा पुग्ने जानकारी दिनुभयो ।”

प्रतिकृयाहरु
Loading...