करिश्मा निवासमा होलीको कक्टेल पार्टी: खर्चको जोहो कसरी गर्छिन् ?

काठमाडौं, फागुन १७ । अभिनेतृ तथा निमात्री करिश्मा मानन्धर नेपालमा रहेसम्म हरेक फागुपूर्णिमाका दिन कलाकारलाई आफ्नो गोदावरीस्थित निवासमा बोलाएर कक्टेल, स्न्याक्स र खानपानको समेत व्यवस्था गरी भव्यसँग फागु मनाउँछिन् ।

हरेक बर्ष फागुपूर्णिमा आउने समयमा सबैजसो कलाकर्मीले पहिले नै यसपालिको फागु पनि करिश्माको घरमा मनाउने सोच बनाइसकेका हुन्छन् ।

एक किसिमले भन्ने हो भने कलाकारको फागुको रमझम करिश्मा निवासमै हुने गर्छ । आजको नेपाल समाचारपत्रको पपेज थ्रीमा यो खबर छापिएको छ ।

यस बर्ष पनि उनी अघिल्ला बर्षजस्तै फागु मनाउने तयारीमा छिन् र कलाकर्मीलाई निम्तो पनि गरिसकेकी छिन् ।

यसरी व्यक्तिगत रुपमा फागुपूर्णिमा मनाउँदा आर्थिक भार कत्तिको पर्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्,
-जुन बेला लाजिम्पाटमा होली मनाइन्थ्यो त्यो बेला त पर्दैनथ्यो । तर, पछि गोदावरीमा थालेपछि सहभागीको संख्या पनि बढ्यो । योसँगै आर्थिक भार बढेपनि केही बर्षदेखि स्पोन्सरहरु आएका छन् । यसले गर्दा पनि सजिलो भएको छ । स्पोन्सर भएकाले धेरै आर्थिक भार पर्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *