भारतको बिहारमा चट्टयाङमा परेर २६ जनाको मृत्यु

२०७४ जेठ १५ गते

“
कठमाडौं, असार २६ । भारतको बिहारमा चट्टयाङमा परेर २६ जनाको मृत्यु भएको छ । लगातारको पानीसँगैको चट्टयाङमा परेर उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
सबैभन्दा बढी रोहतास जिल्लामा पाँच जना चट्टयाङको शिकार भएका छन् । राजधानी पटनामै चार जना परेका छन् । चट्टयाङमा परेर मृत्यु भएकालाई प्रतिव्यक्ति चार लाखका दरले क्षतिपूर्ति दिने घोषणा सरकारले गरेको छ ।
लगातार पानी परिरहँदा बाढीको त्रास पनि बढेको छ । (एजेन्सी)
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित