प्रधानमन्त्री ओली संविधान संशोधन गर्न सहमत, उपेन्द्र यादव सरकारमा जाने

काठमाडौं, फागुन १४ । सरकारको नेतृत्व गरेको दल नेकपा(एमाले) र सत्ता साझेदार दल माओवादी केन्द्रले संविधान संशोधन गर्न सहमती जनाएका छन् ।

संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सामेल गर्न एमाले र माओवादीले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका हुन् । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फोरमका अध्यक्ष उपेन्द्र यादवसँग संविधान संशोधन गर्न सहमती जनाएको स्रोतले बतायो । संविधान संशोधन हुने भएपछि यादव सरकारमा जाने भएका छन्।

संविधान संशोधनबारे ‘आपसी छलफलद्वारा सहमति कायम गरी आवश्यक संविधान संशोधन गर्न सकिने छ’ भन्ने वाक्य लेख्न एमाले, माओवादी र फोरम सहमत भएका छन्।

फोरम सरकारमा सहभागी हुन दुई मन्त्रालय पाउनु पर्ने माग राखेको छ। तर मन्त्रालयको टुङ्गो लागि नसकेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए। उपेन्द्र यादव आफैं परराष्ट्रमन्त्रीको रूपमा सरकारमा सहभागी हुने लगभग सहमति भएको छ।

फोरम पनि सरकारमा आउने भएपछि एमाले र माओवादीबीच पहिला टुङ्गो लागेका मन्त्रालयको भागबन्डा फेरिने भएको छ। फोरमले पाउने मन्त्रालयको संख्या टुङ्गो लागेपछि माओवादी र एमालेको मन्त्रालय संख्या पनि टुङ्गो लाग्नेछ।

नयाँ राजनीतिक विकासले गर्दा मन्त्रिपरिषद् आज पूर्ण रूपमा विस्तार नहुने बालुवाटार स्रोतले जनायो। ‘सम्भवतस् आज एमाले र माओवादीका दुईरदुई जना मन्त्रीले मात्र सपथ लिनेछन्’, स्रोतले भन्यो।

एमालेबाट आज ईश्वर पोखरेल र अर्का एक मन्त्री तथा माओवादीबाट रामबहादुर थापा ‘बादल’ र मातृका यादवले सपथ लिने सम्भावना छ।

सरकारमा जानुअघि एमालेले संविधान संशोधनको विरोध गर्दै आएको थियो भने काँग्रेस र माओवादी मधेशवादी दलहरुले भने बमोजिम संविधान संशोधन गर्ने पक्षमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *