मृगौला पीडित बोहोरालाई बचाउन सहयोगको अपील

धनगढी, फागुन १४ । दुबै मृगौला खराब भएर जीवन र मृत्युको दोसाँधमा रहेका हिम बोहोरालाई बचाउन यस क्षेत्रका युवाहरुले सबै पक्षसँग अपील गरेका छन् । धनगढीमा केही युवाहरुले आर्थिक सहयोग संकलन शुरु गरेको जनाउँदै अभियानमा साथ दिन आग्रह गरेका हुन् ।

बोहोरालाई बचाउनका लगि आवश्यक पर्ने रकम जुटाउन पत्रकार यज्ञराज उपाध्यायको अगुवाईमा पहल शुरु भएको हो ।

घोडाघोडी नगरपालिका १३ फारममा बस्ने १९ वर्षिय हिम बोहोरा दुई वर्षदेखि मृगौलाको समस्या झेल्दै आएका छन् । उनी कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् । बोहोराले मृगौलाका कारण बारम्बार स्वास्थ्यमा समस्या देखा पर्ने भएका कारण पढ्न समेत पाएका छैनन । आर्थिक अवस्था निकै कमजोर भएका उनी मृगौला प्रत्यारोपण गर्न अस्पतालले सल्लाह दिएपनि आवश्यक रुकम जुटाउन नसक्दा अस्पतालमै छट्पटाईरहेका छन् ।

पत्रकार उपाध्यायले बोहोराको उपचारका लागि आर्थिक सहयोग संकलन अभियानमा साथ दिन सबैसँग आग्रह गरेका छन् । पत्रकारिता क्षेत्रमा लागेर आफ्नो छुट्टै पहिचान बनाउदै गरेका यज्ञराज उपाध्याय पछिल्लो समय सामाजिक अभियानमा समेत लागि परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *