युद्ध विराम गर्ने सहमति लत्याउँदै सीरिया सरकारद्वारा हवाई हमला जारी

काठमाडौं, फागुन १४ । युद्ध विराम गर्ने सहमतिलाई लत्याउँदै सीरिया सरकारले विद्रोहीको प्रभाव क्षेत्रमा हवाई हमला जारी राखेको छ । ताजा हमलामा क्लोरिन जस्ता रासायनिक हतियारको पनि प्रयोग गरिएको छ ।

राजधानी नजिकको गुटामा विद्रोही नियन्त्रित क्षेत्रमा सीरियाले बमबारी गर्दा पाँच सय भन्दा बढीको मृत्यु भइसकेको छ । बीबीसीका अनुसार सीरियामा सात वर्षदेखि लडाईं जारी छ र यस क्रममा युद्धविराम नगन्य मात्रामा भएको छ । आक्रमणमा सीरिया सरकारलाई रुस सरकारले सहयोग गर्दै आएको छ ।

रुसले भने विद्रोही संगठन जैश अल इस्लामले युद्ध विरामको उल्लंघन गरेको आरोप लगाएको छ । रुसको यस आरोपमा जैश अल इस्लामइस्लामका प्रवक्ताले जब सीरिया सरकारले नै संयुक्त राष्ट्र संघको प्रस्ताव नमानेका कारण आफुहरुले पनि हात बाँधेर नबस्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *