सी तेस्रोपटक राष्ट्रपति हुने

काठमाडौं, फागुन १४ । चिनियाँ राष्ट्रपति र उपराष्ट्रपति दुई कार्यकालमात्र रहने संवैधानिक व्यवस्थालाई संशोधन गरी वर्तमान राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालको बाटो खुला गर्ने अन्तिम गृहकार्य सुरु भएको छ ।

गत अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीको १९ औं महाधिवेशनले सी चिनफिङ विचारधारालाई पार्टीको विधानमा समेट्ने निर्णय गरेपछि उनी जनवादी गणतन्त्र चीनका संस्थापक नेता माओ चतुङपछि सर्वशक्तिशाली नेता भएका छन् ।

विगत दुई देशकदेखि चीनको संविधानमा राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री लगातार दुई कार्यकाल मात्र रहने व्यवस्था थियो । त्यसैगरी सीपीसीको महासचिव पनि दुई कार्यकाल मात्र रहन पाउने अभ्यास हुँदै आएको थियो ।

शनिबार सम्पन्न सीपीसीको पोलेटब्युरो बैठकले चीनको संविधानमा दुई कार्यकालको सीमा संशोधन गर्ने निर्णय गर्दै सोमबारदेखि सुरु हुने सीपीसीको तेस्रो पूर्णबैठकमा पेश गर्ने निर्णय गरेको सिन्ह्वा

समाचार समितिले जनाएको छ । सीपीसीको तेस्रो पूर्ण बैठकबाट संविधान संशोधनको एजेन्डा पारित भएपछि आगामी मार्च ५ मा सुरु हुने १३ औं चिनियाँ राष्ट्रिय जनकंग्रेसको पहिलो अधिवेशनले वैधानिक रूपमा संविधान संशोधन गर्नेछ । चीनका प्रमुख सरकारी पदहरू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्चस्तरमा नियुक्ति गर्ने काम पनि राष्ट्रिय जनकंग्रेसको हो । तर जनकंग्रेसलाई सीपीसीका निर्णय लागू गर्ने ‘रबर स्ट्याम्प’ मात्र मानिन्छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *