मन्त्रीकाे टुंगाे लाग्दा मन्त्रालयकाे लागेन

फागुन १३, काठमाडाैं । बाम गठबन्धनकाे सरकारले भाेली विस्तार हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् ।

एमालेका थप ७ र माओवादीका ७ मन्त्रीसहित ओलीले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । अाज माअाेवादी एमालेकाे बैठकले मन्त्रालय बाँडफाँड र मन्त्रीहरूकाे नाम टुंग्याएका छन्।

केपी शर्मा अाेलीकाे सरकारमा माओवादीले गृहसहित ७ मन्त्रालय पाउने भएकाे छ । माओवादीले गृह सहित जलस्रोत तथा उर्जा, श्रम तथा रोजगार, महिला तथा सामाजिक सुरक्षा, कृषि तथा सहकारी, उद्योग वाणिज्य र आपूर्ति, सहरी विकास र वन तथा वातावरण मन्त्रालय पाउने छन् । यी मन्त्रालयहरूमा माओवादीले रामबहादुर थापा ‘बादल’ नेतृत्वमा सात मन्त्री पठाउने भएको छ।

सरकारमा थापासहित वर्षमान पुन, शक्तिबहादुर बस्नेत, मातृका यादव, गिरिराजमणि पोखरेल र बीना मगर मन्त्री बन्ने टु‌गो भएको छ। थप एक जनाको नाम भोलि बिहान टुंगो लाग्ने बतार्इएकाे छ।

यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय सहित परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा बाँकी सात मन्त्रालय लिएकाे छ । ती मन्त्रालयमा पनि भाेली नै मन्त्रीहरू पठाउने तयारी भएकाे छ । स्रोतका अनुसार सरकारमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई र रवीन्द्र अधिकारी, रघुवीर महासेठ, हृदयेश त्रिपाठी र नारदमुनि राना मन्त्री हुँदैछन् ।

भोलि (सोमबार) मन्त्री बन्ने भएका छन्। राष्ट्रिय जनता पार्टीका नेता त्रिपाठीले गत प्रतिनिधीसभा निर्वाचनमा पार्टी त्यागेर स्वतन्त्र हुँदै नेकपा एमालेकाे सूर्य चिन्हमा निर्वाचन लडेका थिए । यसअघि एमालेबाट लालबाबु पण्डित र थममाया थापा मन्त्री भइसकेका छन्।

नयाँ मन्त्रीको सपथका लागि सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथका लागि समय ब्यवस्थापन गर्न भनिएकाे छ । गत शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई दिएको थियो। दुबै पार्टीका मन्त्रीहरूको मन्त्रालयको भने टुंगो लागि सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *