मिसेस स्टेट सौन्दर्य प्रतियोगीहरु बन्द प्रशिक्षणमा

धरान, फागुन १२ । विवाहित महिलाहरुको क्षमतालाई उजागर गर्ने उद्धेश्यले आयोजना गरिएको प्रदेश नं १ स्तरीय मिसेस सौन्दर्य प्रतियोगिताका सहभागीहरुको बन्द प्रशिक्षण सुरु भएको छ ।

प्रदेश नं. १ का विभिन्न सहरमा भएको अडिसनबाट छानिएर आएका प्रतियोगिहरुलाई आयोजक वुमन वर्थ गु्रपले बन्द प्रशिक्षण दिन सुरु गरेको गु्रपका सदस्य तथा कार्यक्रमका निर्णायक व्यवस्थापन संयोजक सुजता श्रेष्ठले जानकारी दिएकी छन् ।

सहभागीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न विषयमा सम्बन्धित विज्ञ तथा जानकारहरुबाट प्रशिक्षण गराइने प्रचार प्रमुख उमा लिम्बू ताम्रकारले बताईन् । प्रशिक्षणमा महिला अधिकार तथा महिला सशक्तिकरणको विषयमा महिला संजाल धरानकी उपाध्यक्ष सविता राई, आत्मरक्षा प्रशिक्षण कराते प्रशिक्षक अषेश मगर लगायत उनको टिमबाट दिइनुका साथै मिसेस नेपाल इन्टरनेसनल पुर्व विजेता अनुपमा राईले समेत आफना अनुभव साटेकी थिइन् ।

सहभागीहरुलाई फागुन २४ गते सम्म सकरात्मक सोचाइ अभिवृद्धी, संस्कृती र पहिचान सम्बन्धि, महिला स्वास्थ्य समस्या तथा समाधान, प्राथामिक उपाचार, उद्घोषण तथा भाषणकला, आधारभुत पत्रकारीता तथा फोटोग्राफी सम्बन्धि जानकारी मुलक कक्षा, टेवल शिष्टाचार, फिटनेस तालिम, विजनेस टक, पर्यटन पर्वद्धन कक्षा, अर्गानिक कृषि सम्बन्धि जानकारी मुलक भ्रमण, मेकअप तालिम, र्यामवक तथा क्याटवक सेसन र फोटो सेसन लगायत विषयमा तालिम तथा प्रशिक्षण गराइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको ग्राण्ड फिनाले फागुन २६ गते धरान ८ स्थित धरान सभागृहमा हुनेछ ।

प्रतियोगितामा धरान, इटहरी, दमक, विर्तामोड, धनकुटा, मोरङ्ग, खोटाङ्ग, भोजपुर, ताप्लेजुङ र पाचथरबाट २१ देखि ४५ वर्ष उमेरका बिबाहित महिलाहरुले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *