हेटौँडा गोल्डकप : उपाधिका लागि आर्मी र नेपाल पुलिस भिड्ने

हेटौँडा, फागुन १२ । मकवानपुरमा जारी तेस्रो संस्करणको हेटौँडा गोल्डकप फुटबलको उपाधिका लागि आज विभागीय डर्बीमा त्रिभुवन आर्मी र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुँदैछ ।

आर्मी मनाङलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने पुलिसले संकटाको चुनौती पन्छाउँदै उपाधी यात्रा तय गरेको हो । यसै सिजन ५ प्रतियोगिताको उपाधी जितिसकेको आर्मी छैटौं उपाधीको खोजीमा रहँदा पुलिस भने सिजनको तेस्रो उपाधी उचाल्ने लक्ष्यमा छ ।

उपाधी भिडन्त हेटौंडास्थित फरेष्ट्रि खेल मैदानमा दिउँसो २ बजेपछि सुरु हुनेछ ।  आर्मीका प्रशिक्षक नबिन न्यौपानेले चीर प्रतिद्धन्दी पुलिसविरुद्ध स्वाभाविक खेल प्रदर्शन गर्दै जित हात पार्ने बताएका छन् ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले पनि प्रतिद्धन्दी जो भएपनि आफ्नो टोली उपाधीका लागि मैदान उत्रने उल्लेख गरे । प्रतियोगिताको उपाधी विजेताले ५ तथा उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *