आर्थिक सर्वेक्षण अगामी वैशाख १ देखि सुरु हुने

फागुन ११,काठमाडौँ । राष्ट्रिय आर्थिक सर्वेक्षण अगामी वैशाख १ गतेदेखि सुरु हुने भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सो सर्वेक्षणको मुख्य ध्येय केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना तर्जुमा तथा नीति तयार गर्न आवश्यक पर्ने तथ्याङ्क सङ्कलन गर्नुरहेको छ । यसका लागि विभागले ७७ जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गर्ने जनाएको छ ।

यसैबिच गुणस्तरीय आर्थिक तथ्याङ्क उत्पादनका लागि मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ सुरु गरिएको छ । एकहप्ते सो प्रशिक्षणमा आर्थिक गणनाका प्राविधिक तथा प्रशासनिक पक्षका बारेमा जानकारी गराउने कार्यक्रम रहेको विभागले जनाएको छ ।

आर्थिक गणनामा नेपालमा अवस्थित व्यावसायिक आर्थिक एकाइको ठेगाना, मुख्य क्रियाकलाप, रोजगारी, पुँजी लगानी, ऋण पहुँचलगायतका विवरण सङ्कलन गरिने विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए ।

उनका अनुसार गणना कागजी फारामका साथै अनलाइनका माध्यमबाट उत्तरदाताले आफ्नो व्यवसायको विवरण आफैँ भर्न सक्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *