आज प्रधानमन्त्री ओलीको ६६ औं जन्मदिन, स्थायी कमिटिले केक काट्ने

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको आज अर्थात फल्गुन ११ गते शुक्रबार दिन परेको छ। ओलीको ६६ औं जन्म दिन परेको एमाले नेताहरुले बताएका छन् । ओलीको जन्म तेह्रथुमको ईवा गा वि स मा २००८ सालमा भएको हो । उहाँ–स्व मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुनुहुन्छ ।

एमाले स्रोतका अनुसार स्थायी कमिटि बैठकमा जन्मदिन मनाउने तयारी भएको र आजको बैठक सुरु हुनुअघि केक काट्ने बताइएको छ । जन्म दिनलाई बिशेष बनाउन यही अवसरमा ओलीले एमाले तथा माओवादीका मन्त्रीहरुलाई सपथ खुवाउने सम्भावना समेत प्रबल छ । बालुवाटरमा बस्ने स्थायी कमिटि बैठकमै जन्मदिन मनाईने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *