सिरियामा जारी संघर्ष रोक्न बसेको सुरक्षा परिषदको बैठक निष्कर्षहीन

काठमाडौं, फागुन ११ । सिरियामा जारी संघर्ष रोक्ने उद्देश्यले बसेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक निष्कर्षविहीन भएको छ ।

बैठकमा सिरियामा जारी संघर्ष रोक्न ३० दिनका लागि युद्धविरामसम्बन्धी प्रस्तावमा छलफल भए पनि रुसको अडानका कारण पारित हुन नसकेको हो । रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् सिरियामा मानवतावादी युद्धविरामका लागि तयार नभएको जनाएको छ ।

युद्धविराम सम्बन्धमा स्वीडेन र कुबेतका तर्फबाट पनि एउटा प्रस्ताव पेश भएको थियो । तर रुसले यो प्रस्तावमा संशोधन गर्नुपर्ने जनाएको छ ।

यो प्रस्तावले रुसको समर्थन पाएको सिरियाली सरकारमाथि दबाब बढ्ने उसले जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि रुसी प्रतिनिधि वेस्ली नेबेनज्याले पेश भएको प्रस्ताव संघर्ष रोक्ने वास्तविक उद्देश्यले आएको हुनुपर्ने बताए ।

उनले युद्धविरामका लागि निकै चुनौती रहेको भन्दै निर्णयका लागिमात्र निर्णय गर्न नसकिने बताए । पश्चिमा देशका प्रतिनिधिहरुले भने रुसी रवैयाको विरोध गरेका छन् । उनीहरुले सिरियाली सरकारको समर्थनमा मात्र बोल्दा युद्धविराममा ढिलाइ हुने बताए ।

सिरियाली सरकारले विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा पछिल्ला पाँच दिनदेखि लगातार बमबारी जारी राखेको छ । बमबारीमा परेर अहिलेसम्म ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसंघले गुटामा ३ लाख ९३ हजार मानिस फसेको जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *