उपत्यकामा वर्षा हुने सम्भावना

काठमाडौँ, फागुन १० । स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले आज खासगरी देशभरका पहाडी भेगमा बदली र एक÷दुई स्थानमा हल्का वर्षा गराउने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम २३।२ र न्यूनतम तापक्रम ७।४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी नेपालगञ्जको तापक्रम २९ डिग्री सेल्सियस रहेको छ ।


उनका अनुसार उपत्यकाको उत्तरी भेगमा बढी बदली रहेको र मेघ गर्जनसहित बाक्लो बादल बनेकाले हल्का वर्षा हुनेछ । अहिले मध्यपहाडी भेगमा बढी बदली रहेको छ भने काठमाडौँका कतिपय स्थानमा छिटफुट वर्षा भइरहेको छ ।

स्थानीय वायुको सक्रियताले केही दिनयता बिहान मौसम सफा रहे पनि मध्याह्नपछि बदली हुने गरेको छ । पूर्व मनसुनको याम पनि भएकाले यस्तो गतिविधि जारी रहने मौसमविद् आर्यालले बताए । सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्वमनसुनी याम मानिन्छ । तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षात गराउने सम्भावना हुन्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *