अबैध कामदारलाई स्वदेश फर्कन दुई महिना समय थप

 

काठमाडौं, फागुन १० । कुवेतले गैरकाननी रुपमा बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्किन दिएको समय दुई महिना थपेको छ ।

गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई घर फर्किन यसअघि दिइएको फेब्रुअरी २२ सम्मको समय दुई महिना थप भएको हो । बिना भिसा बसिरहेका विदेशी कामदारले अब अप्रिल २२ तारिकसम्म घर फर्किन पाउने कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

भिसाको म्याद सकिएर पनि कुवेतमा बसिरहेका कामदारलाई गरामा अर्थात जरिवाना तिरेर वैधानिक हुन र कुवेत बस्न नचाहनेलाई घर फर्किन गएको जनवरी २९ तारिख देखि प्रक्रिया सुरु भएको थियो । यो अवधिमा दूतावासले वैधानिक हुन चाहने र घर फर्किनेहरुका लागि शनिबार पनि सेवा दिएको थियो ।

पछिल्लो समय सेवा लिन आउनेहरु घटेकाले फेब्रुअरी २३ अर्थात फागुन ११ गतेबाट सार्वजनिक बिदाको दिन बाहेक मात्रै सेवा दिइने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *