किरात संस्कृतीमा आधारित चलचित्र ‘यारी’ प्रदर्शन

धरान, फागुन ८ । किरात जातीको संस्कृतीमा आधारित चलचित्र ‘यारी’ प्रदर्शन गरिएको छ । सोमबार धरानको गणेश टाकीज हलमा ‘यारी’को प्रर्दशन गरिएकोे हो ।

निर्देशक युवराज राईका अनुसार ‘यारी’ वैचारिक चलचित्र हो । चलचित्रमा प्राचीन सभ्यतालाई आधुनिकताले गाजेको विषयवस्तु प्रस्तुत गरिएको छ । चलचित्र भोजपुरको साल्पा पोखरी, सिलीछो, दोभाने, मैयुङ, खोटाङ काठमाडौं लगायतका धार्मिक, साँस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्रमा छायांकन गरिएको छ ।

युवराज राईको कथा, निर्देशन र छायांकन रहेको चलचित्रमा श्याम राई, कल्याण राई, प्रवीण पुमा, राई, ज्योति राई, निर्भिक राई, विष्मीता राई, सञ्जु राई, जाइका राई, प्रवीण राई, जनक राई, बीरकुमार राई लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रवीण पुमाको पटकथा, डिक वान्तावाको सम्वाद र किरणराज थापाको सम्पादन रहेको यारीमा जनक राईको नृत्य निर्देशन, डा. किरात र पदम राईको सङ्गीत, भुपाल राई र चन्द्र रानोहँछाको गीत रहेको छ । चलचित्रलाई उर्मिला राई, दछु राई र प्रवीण राईले निर्माण गरेका हुन् ।

यारी चलचित्र चलचित्र विकास बोर्डबाट ०७४ सालमा राष्ट्रिय सम्मानबाट सम्मानित चलचित्र हो । विशेष गरी किरात राईहरुको भेषभूषा, साथै संस्कार, संस्कृतिमा आधारित चलचित्र यारीको अर्थ किरात राई भाषामा भविष्यवाणी बुझीने निर्देशक विर वहादुर राईले बताए ।

यारी चलचित्रले विशेषत किरातहरुको आफनो मूलभाषा, संस्कृति सदैब बचाइराख्नु पर्छ भन्ने मुल सन्देश दिएको छ भने चलचित्र निमार्ण गर्न २५ लाख खर्च लागेको चलचित्रका निर्माण पक्षले जनाएको छ ।

प्रर्दनी गर्नुपुर्व हलमा औपचारिक कार्यक्रमको समेत आयोजना गरिएको किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीका अध्यक्ष चन्द्र वान्तावाले जनाकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *