ट्रयाक्टर दुर्घटना हुँदा २ को मृत्यु, ९ जना घाइते 

रोल्पा, फागुन ८ । पुर्वी रोल्पाको लुङग्री गाउँपालिका–४ नम्जामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।

सुवर्णावती गाउँपालिका ३ रुइनीबाङबाट लुङग्री गाउँपालिकाको नम्जा जादैं गरेको लु. २ त ७९३० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा लुङ्ग्री गाउँपालिका–४ नम्जाका ४२ वर्षका नगेन्द्र रोका र सोही ठाउँकै १२ वर्षीय बालक दिपेन्द्र विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुलीचौरले जनाएको छ ।

दुर्घटनामा लुङग्री गाउँपालिका निवासी खिमलाल बानिया, लेवसरा बिष्ट, निशा बिष्ट गम्भिर घाइते हुनुभएको छ भने सोहि ठाउँ बस्ने खुमा बिष्ट, डोर बहादुर बिष्ट, कमला जिएम, लेमन रोका र प्रेम बहादुर घर्तीमगर सामान्य घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइतेहरुको प्राथमिक स्वास्थ केन्द सुलीचौरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि नेपालगंंज मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको जनाइएको छ । ट्रयाक्टर चालक भने फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । साँघुरो बाटोको कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *