बन्दुक राख्न पाउने नियम सुधार गर्ने पक्षमा अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं, फागुन ८ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बन्दुक राख्न पाउने नियममा सुधारको पक्षमा समर्थन जनाउनुभएको छ ।

कुनै पनि नागरिकलाई बन्दुक राख्न इजाजत दिनु अघि उसको पृष्ठभूमिलाई सूक्ष्म ढंगबाट जाँच गर्नु पर्ने प्रस्तावमा उहाँले समर्थन गर्नुभएको हो ।

ह्वाइट हाउसकाअनुसार ट्रम्पले रिपब्लिकन सीनेटर जोन कार्निङले प्रस्तुत गरेको विधेयकका विषयमा छलफल गर्नुभएको छ। यो विधेयक अमेरिकी कंग्रेसबाट पास हुन भने बाँकी छ ।

चुनावी अभियानका क्रममा भने ट्रम्प बन्दुक नियन्त्रणको विरोधमा उभिनुभएको थियो ।

फ्लोरिडाको एक विद्यालयमा एक जना पूर्व विद्यार्थीले १७ जनाको हत्या गरेपछि बन्दुक राख्न पाउने विधेयकका पक्षमा थप प्रगति भएको हो । अमेरिकामा कुनै पनि व्यक्तिले बन्दुक खरिद गर्नु अघि लाइसेन्सधारी डिलरले खरीदकर्ताको पृष्ठभूमि जाँच गर्ने व्यवस्था छ ।

अमेरिकामा गत बर्षमात्र २ करोड २५ लाख व्यक्तिले बन्दुक खरीद गर्न आवेदन दिएका थिए । आपराधिक पृष्ठभूमि र मानसिक स्वास्थ्य ठीक नभएकाले मात्र कानुनी रुपमा बन्दुक किन्न नपाउने व्यवस्था छ । तर, पछिल्ला घटनाहरुमा भने अरु पृष्ठभूमिका व्यक्ति पनि बन्दुक आक्रमणमा संलग्न भएको पाइएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *