जलजला परियारलाई आमाले नै मृगौला दिने

काठमाडौं, फागुन ७ । गायिका जलजला परियारलाई मृगौला प्रत्यारोपण गर्न आमाले नै आफ्नो मृगौला दिने भएकी छन् ।

दुइवटै मृगौला फेल भएर एक महिना देखि शिक्षण अस्पतालमा उपचाररत गायिका परियारलाई मृगौला प्रत्यारोपण गर्नुपर्ने भएपछि आमाले मृगौला दिने जनाएकी हुन् । जलजलाकी आमाले छोरीको चाँडै मृगौला प्रत्यारोपण होस् भन्ने चाहेपनि अस्पतालले त्यस्तो व्यवस्था मिलाउन नसकेको गुनासो गरिन् ।

यता, जलजलालाई बचाउन गीत, संगीतसँग आवद्ध थुप्रै कलाकार एवं शुभेच्छुकहरुले आर्थिक संकलन गरिरहेका छन् । यसैक्रममा सोमबार श्री संगित पाठशालाका तर्फबाट बरिष्ठ संगीतकार, संगीतगुरु एवं गायक चण्डीप्रसाद काफ्लेले ३० हजार ६५ रुपैया प्रदान गरे ।

 उनले बाटो मुनिको फुल फ्लिम लगायत थुप्रै गीतहरुमा आफ्नो सुमधुर आवाज दिसकेकी छिन ।उनको गीतले लाखौ करोडौ दर्सकहरुको मन जितेको छ , अर्घाखाची मा जन्मिय्की २२ बर्षे परियार लाइ बचाउन आ आफ्नो तर्फबाट जुटी रहेका छन् ।

हप्तामा दुईचोटी डायलासिस गर्नुपर्ने उनलाई पेय पदार्थ खान मिल्दैन । छोरीको शरीर अत्यन्त सिथिल भईरहेको प्रति आमाले गम्भिर चिन्ता ब्यक्त गरेकी छन् । ‘छोरीको छिटो मृगौला प्रत्यारोपण होस् भन्ने चाहना छ’ आमाले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *