डोटी अस्पतालका डाक्टरको दाँच भाँचिने गरी कुटपिट

डोटी, फागुन ७ । जिल्ला अस्पताल डोटीमा कार्यरत डा जितेन्द्र सिंहमाथि सांघातिक आक्रमण भएको छ।

आइतबार दिउँसो साढे २ बजे उनीमाथि आक्रमण भएको हो। टाउको, हात लगायतमा गम्भीर चोट लागेका सिंहको हाल सोही अस्पतालमा उपचार भइरहेको छ। उनको नाथ्री फुट्नुका साथै दाँतसमेत भाँच्चिएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको कक्षमा बसिरहेको अवस्थामा आफूमाथि विजयसिंह विष्ट, टेकबहादुर विष्ट, हिक्मतबहादुर विष्ट, अरुण महत लगायतको टोलीले कुटपिट गरेको पीडित सिंहले बताए।

घटनाको विरोध गर्दै चिकित्सक समाज नेपालले दोषीमाथि कारबाहीको माग गरेको छ। चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा हुने गरेका आक्रमणका दोषीउपर चाँडै कारबाही नभए आन्दोलनको चेतावनीसमेत दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *