सिमरा गोल्डकपको उपाधिको लागि थ्रीस्टार आर्मीबिच प्रतिस्पर्धा हुने

काठमाडौं, फागुन ५ । नवौ सिमरा गोल्डकप फूटवल प्रतियोगिताको उपाधिका लागि त्रिभूवन आर्मी र थ्रीस्टार बीच आज प्रतिस्पर्धा हुने भएको छ । मोफसलका विभिन्न प्रतियोगिता जितेका दुवै टिमले आजको खेल जित्ने दाबी गरेका छन् । झण्डै डेढ वर्षको अन्तरालपछि फुटबलमा पुनः फर्किएको थ्रीस्टार राम्रा लयमा रहेको छ ।

उसले यो सिजन पाँचौं प्रतियोगिता खेलिरहेको छ । पाँचौं प्रतियोगितामा थ्रीस्टारले तीनवटा फाइनल खेल्दै दुई प्रतियोगिताको उपाधि जितिसकेको छ । सिमरामा थ्रीस्टारले क्वार्टरफाइनलमा सुदूरपश्चिमलाई टाईब्रेकरमा हराएको थियो भने सेमिफाइनलमा मोरङ ११ लाई ४–२ ले हराएको थियो । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टिम जति बलियो भए पनि आफ्नो टिमले जित हात पार्ने प्रतिक्रिया दिनुभएको छ ।

छैटौं संस्करणको विजेता आर्मी दोस्रो सिमरा गोल्डकपको उपाधिको खोजीमा रहेको छ । त्रिभुवन आर्मी क्लब यो सिजन राम्रो फर्ममा देखिएको छ । उसले यसअघि खेलेको सात प्रतियोगितामध्य पाँचवटाको फाइनलमा पुग्दै चारवटाको उपाधि जितिसकेको छ । गत बैशाखमा भएको विशाल स्मृति गोल्डकप, काकडभिट्टा गोल्डकप, सतासी धाम गोल्डकप र सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =