माओवादी निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलन भोलीदेखि

काठमाडौं, फागुन ३ । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलन फागुन ४, ५ र ६ मा काठमाडौंमा हुने भएको छ । सम्मेलनको नारा ‘समाजवादी शिक्षानीति समाजवादी क्रान्तिको आधार, ट्रेड युनियन अधिकार, वामपन्थी शिक्षक एकता र शैक्षिक विकास पाँचौं राष्ट्रिय सम्मेलनको कार्यभार’ तय गरेको शिक्षक संगठनले राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

सम्मेलनको पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्ने कार्यक्रम रहेको युएण्टोले जनाएको छ । फागुन ४ गते भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवको सभाहलमा उद्घाटन समारोह हुनेछ । त्यस्तै, फागुन ५ र ६ गते सोही हलमा बन्द सत्र सञ्चालन हुनेछ ।

सम्पन्न हुन लागेको सम्मेलनले आगामी नयाँ नेतृत्व र रणनीति चयन गर्ने सो संगठनले जानकारी दिएको छ ।

संगठनको असोज २१ र २२ गते बसेको केन्द्रिय समितिको पूर्ण बैठकले पौष १० गते सम्म स्थानीय तहको, माघ २० सम्म जिल्ला तहको, माघ २७ भित्र प्रदेश तहको र फागुन ४, ५ र ६ मा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको थियो । सोही अनुसार स्थानीय तह, जिल्ला र प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएसँगै संगठन राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको थियो ।

पाँचौं सम्मेलनमा देशभरबाट ११०६ प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने संगठनका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =