भद्रपुरमा नेकपा एमाले विजयी

भद्रपुर, २२ असार । स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनमा भद्रपुर नगरपालिकामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

प्रमुख श्रेष्ठले ११ हजार ४२ र उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेश पोखरेलले सात हजार २१५ तथा विजयी उपप्रमुख श्रेष्ठले १० हजार ६५० र उहाँका प्रतिद्वन्द्वी नेकाकी तारा भुर्तेलले छ हजार ४९८ मत प्राप्त गर्नुभयो ।

यसैगरी, भद्रपुर नगरपालिका वडा नं ९ र १० बाट नेकपा एमालेका अध्यक्ष क्रमशः टेकबहादुर खड्का (काजी) र सनिलाल राजवंशीसहित समूह नै विजयी भएका छन् ।

खड्काले एक हजार ५७८ र उहाँका प्रतिद्वन्द्वी नेकाका अमरबहादुर कार्कीले ८८२ तथा राजवंशीले एक हजार २०९ र उहाँका प्रतिद्वन्द्वी नेकाका राजेन्द्र रिजालले ९३४ मत प्राप्त गर्नुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *