मिस ईकलेज २०१८ का प्रतियोगीले देखाए प्रतिभा (फोटो फिचर)

काठमाडौं, माघ २८ । मिस ईकलेज सिजन ८ मा सहभागी २९ जना प्रतियोगीहरुले कमलादी स्थित सिडव्लु पार्टी प्यालेसमा शनिबार भएको एक कार्यक्रम विच आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । उक्त कार्यक्रममा सृजना लामाले ‘पहिलो जुनी’ वोलको गीत गाएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन् ।

उक्त कार्यक्रमा निर्णायक मण्डलमा कल्व उड्ल्याण्डमा म्यानेजीङ डाइरेक्टर श्रवण कुमार कुवँर, सिम्रिक एयरलाइन्सकी चिफ क्याविन क्रयू अस्मिता खनाल, जुम्वा प्रशिक्षक सोनाम केसी, मिस इकलेज २०१५की विजेता नितिका कर्मचार्य,मिस इकलेज २०१७की सेकेन्ड रनरअप युनीता खत्री रहेका थिए ।

कलेजमा अध्ययनरत टिनएज युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास साथै उच्च शिक्षाको अध्ययनको लागि सहयोग पुर्याउने र समाज उपयोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले कार्यक्रमलाई निरन्तरता दिईएको आयोजकले जनाएको छ ।

स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्दै रहेकी छन् । फागुन ५ गते शनिवारको दिन उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रर्धा काडाघारी स्थित अक्षरा स्कुलको सभाहलमा सम्पन हुनेछ ।

प्रतियोगिताका विजेताले “ मिस ईकलेज २०१८” को ताज उपाधि सहित रु एकलाख ८० हजार पर्ने यामाहा रेजी स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति , नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट रु २५ हजार वरावरको एयर होस्टेज तालिम दिइने छ, साथै अन्य गिफ्टहयाम्पर पाउने छन् । फस्ट रनर अपले मोवाइल ट्याव र सेकेण्ड रनर अपले मोवाइल फोन साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्नेछन् । साथै विजेता ३ जनालाई ५ दिनको वैङकक पटाय भ्रमणको अवशर पनि प्रदान गरिने छ ।

यस बाहेक अन्य विभिन्न १८ विधामा पनि सव टाइटल प्रदान गरिने जनाइएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =