अमेरिकामा विश्वकै सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ २४ । अमेरिकाले विश्वकै सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण गरेको छ । फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट बुधबार विश्वकै शक्तिशाली रकेट ‘फाल्कन हेभी’ प्रक्षेपण गरिएको अमेरिकाले जनाएको हो । यसलाई अमेरिकी व्यवसायी इलोन मस्कको स्पेस एक्स कम्पनीले लन्च गरेको हो ।
अहिलेका रकेटले भन्दा फाल्कन हेभीले दुई गुणा बढी भार बहन गर्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । स्पेक्स एक्सका सिइओले पहिलो उडानमा ५० प्रतिशत मात्रै सफलता पाएकामा अहिले भने सफलतापूर्वक प्रक्षेपण भएको जानकारी दिएका छन् ।
यो रकेटले लण्डनमा चल्ने पाँच वटा डबल डेकर बसको तौल बराबरको भार अन्तरिक्षमा लैजान सक्ने सञ्चारमाध्यमले जनाएका छन् ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








