नरेश खातीको ‘रुँदै रुँदै तिम्रो शहर’ बजारमा (भिडियोसहित)

“
काठमाडौं, माघ २३ । गायक मेक्सम खाती र गायिका पूर्णकला बिसीको आवाजमा रहेको “रुदैरुदै तिम्रो शहर” भिडियोसहित बजारमा आएको छ । गीतमा नरेश खातीको शब्द, लय रहेको छ ।
प्राकृतिक प्रकोप र् गरिबीलाई अत्यन्त दर्दनाक दृष्यमा समाबेश गरिएको यस गीतमा नायक महेन्द्र गौतमले गरिब परिवारको जिम्बेवार छोरा बन्न आफ्नो बुढी आमा अनि , आफ्नो जिबनसाथीलाई सधै खुसि राख्न , सँगै बस्ने मन हुदा हुदै पनि केहि घर छोडेर हिडेको र अर्कातिर नायिका रन्जिता गुरुङ्गले भूकम्पमा परि आफ्नो श्रीमान अपाङ्ग भएपछि आफ्नो श्रीमान अनि बालबच्चाको भबिस्यकोको लागि गरेको त्यागलाई अत्यन्त कारुणिक ढंगमा देखाइएको छ ।
कुशल बेल्बासेको थेगोमा तयार भएको यस गीतमा राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन ,प्रकाश भट्टको निर्देशन अनि महेन्द्र गौतम र रन्जिता गुरुङको साथमा हिउँवाला गौतम, नरेश खाती लगायत अन्य बालकलाकारहरुको जिबन्त अभिनय देख्न सकिन्छ यस गीतलाई गोरक्ष म्युजिक प्रा।लि।ले बजार ब्यबस्थापन गरेको छ ।
https://www.youtube.com/watch?time_continue=1&v=kv8rmp5rr4I”








