“
काठमाडौं, माघ २३ । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेम तथा मित्रताको बन्धन कसिलो हुँनुको साथै जीवन साथिको साथ रहने हुँनाले काम गर्न उर्जा थपिनेछ । भौतिक तथा बिलाशि बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । व्यापारमा लगानि गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिने समय रहेकोछ । साझेदारहरुबिच मन मिल्ने हुँदा नया उद्योगमा लगानि गर्ने अवसर जुर्नेछ । पढाई लेखाईमा मन जाने हुँनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसि हुँनेछन् ।
शुभ अंक — १, शुभ रंग — प्याजी
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) पढाई लेखाईमा अरुलाई किनारा लगाउँदै स्कुल तथा कलेजमा छुट्टै पहिचान बनाउँन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावलि पक्षबाट तपाईको काममा भनेजस्तो सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । सत्रु तथा प्रतिष्पर्धिहरुलाई हरेक क्षेत्रमा परास्त गर्दै भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानिका स्रोतहर फराकिला पार्दै तत्काल नयाँ व्यावसाय थालनि गर्न सकिनेछ । शुभ अंक — ५, शुभ रंग — सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्रयन्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हनेछ भने व्यापार व्यावसायमा लगानि गरि मनग्ने आम्दानि गर्न सकिनेछ । स्कुल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको उपयोग मार्फत मनग्ने धन संग्रह गर्न सकिनेछ । शुभ अंक — ४, शुभ रंग — निलो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घर जग्गा तथा सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन ब्याबसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिस सँग मनमुटाब बढ्नेछ । बिस्वास गरेकाहरु बाट धोका हुँन सक्छ सजक रहनुहोला । बाहिरि बाताबरण सँग जुध्न नसक्दा छाति सम्बन्धि समस्या आउँन सक्छ ।
शुभ अंक — १, शुभ रंग — खरानि
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपाईको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिष्पर्धिहरुलाई हराउँन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानि हुँने हुँनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ । शुभ अंक —५, शुभ रंग — कफि
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) आत्मीय मित्र तथा जीवन साथिको सहयोगले व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिष्पर्धिहरुलाई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । गाएन पेशा तथा कला शाहित्यमा समय दिनेहरुले आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । शुभ अंक — ९ , शुभ रंग — हरियो
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानि गरि यथेष्ट लाभ लिन सकिनेछ । काम गरि अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुँनेछ भने अरुलाई पछि पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनिति गर्नेहरुले राज्यबाट पद पाउँने समय रहेकोछ । बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । शुभ अंक — ३, शुभ रंग — सेतो
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गर्दापनि आम्दानि थोरै हुँनेछ भने बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने बिदेशि सस्था तथा नियोग तिर काम पाउँने प्रशस्त सम्भावना रहेकोछ । सामान्य आखा सम्बन्धि समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । शुभ अंक — ४, शुभ रंग — कफि
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । नयाँ प्रकृतिको काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । बुवा बाजेको धन सम्पति परिचालन गरि आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । माया प्रेममा सामिप्ष्ता बढेर जाने योग रहेकोछ । शुभ अंक — ६, शुभ रंग — पहेलो
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केहि समय रमाईलोतिर पनि समय खर्च हुँनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुँनाले आर्थिक रुपमा सम्पन्न हुँन सकिनेछ । आज गरिएको लगानि फस्टाएरु जने हुँनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुँनुहुँन्छ भने समयले रोजगार दिलाउँने तथा कामका बढुवा हुँने योग रहेकोछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । माता पिताको सहयोगले राम्रा कामगरि समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । शुभ अंक — १, शुभ रंग — निलो
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सुरु गरिएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुँने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । बिशिष्ट व्याक्तिहरलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानि गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुँदा पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउँन सकिनेछ । खोज तथा अनुशन्धानका समय लगासन गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यत बढेर जानेछ । शुभ अंक —२, शुभ रंग — हरियो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट राम्रै प्रतिफल प्राप्त हुँनेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुँनाले सजक रहनु पर्नेछ । श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महशुस हुँनेछ । दिदि बहिनि सँग मनमुटाब बढ्नेछ । बिहानको समय राम्रो रहेकोले कुनै महत्वपुर्ण कामहरु शुरु गर्न सकिनेछ । शुभ अंक — ३ शुभ रंग — सुन्तला
“