आज ५ सयले बढ्यो सुनको मुल्य

काठमाडौं , माघ १९ । सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलाको ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको महासंघले जनाएको छ ।

चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी शुक्रबार पनि तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =