डा. कनोडियाले दिए डा. धवललार्इ बधार्इ

असार २१, नेपालगन्ज ।  नेपाली कांग्रेसबाट नेपालगन्जका मेयरका प्रत्याशी डा. सुरेश कुमार कनोडियाले नव निर्वाचीत मेयर डा. धवल शमशेर राणालार्इ बधार्इ दिएका छन् । मंगलबार एक विज्ञप्ती प्रकाशित गरी उनले पार्टीका तर्फबाट यस उपमहानगरपालिकामा, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यमा प्रत्यासी जनप्रतिनिधिहरु तथा मुख्य प्रतिस्पर्धि विजेता प्रमुख डा. धवल शमसेर राणा, उप प्रमुख उमा थापा लगायत निर्वाचित सबै जनप्रतिनिधिहरुलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गरेका हुन् ।

उनले अगाडि भनेका छन्, मुलत: लोकतान्त्रिक पद्दतिमा निर्वाचन भनेको मत परिणामका हिसाबले कुनै एक जनाले जित्ने र अरुले हार्ने बैधानिक प्रक्रिया हो । जनचाहना बमोजिम यसपटक मैले मेरो कर्मभुमि यस नेपालगंज उपमहानगरपालिकाको प्रमुखको रुपमा काम गर्ने अवसर पाउन सकिन । तथापी उपमहानगरबासीका हरेक काम र समस्यासँग नजिक रहेर सामाजिक सेवा र जनसेवाको काममा सदा झै सदैव समर्पित रहने छु र यसबारे मैले नगरबासी महानुभावहरु समक्ष प्रतिबद्धता व्यक्त गर्दछु ।

मतदानमा सहभागी सबै मतदाताहरूलार्इ बधार्इ दिदै उनले अाजको युग समन्वयको युग हो त्यसैले विजेता मित्रहरुले शासकको रुपमा होइन, अभिभावक र जनसेवक भएर असल जनप्रतिनिधिको रुपमा सबै पक्षसंग सहकार्य गर्दै जनताको भलाई र नगरको बृहत्तर उन्नति र प्रगतिको काम गर्न र जनताका समस्याको यथाशिघ्र उचित सम्बोधन गर्न समेत सजग गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *